काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, कुबेती र बहराइन दिनारको मूल्य भने बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।
त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४७ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८२ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५६ पैसा थियो।
आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा थियो।
आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा थियो।
त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५० पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६० पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १९ पैसा कायम भएको छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ४८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ०७ पैसा थियो।