विश्वभर हरेक वर्ष क्यान्सरका बिरामी बढ्दै गइरहेको पाइन्छ । तर, बिरामीको तुलनामा उपचारका आवश्यक विधि र सुविधा खासै बढ्न सकेको छैन । नेपालमा पनि बिरामी बढिरहेका छन्, तर सुविधा निकै सीमित छ । यद्यपि, पछिल्लो समय विभिन्न अस्पतालहरूले क्यान्सरका उपचारका लागि आवश्यक औजार र उपकरणहरू प्रयोगमा ल्याउन थालेका छन्, जुन राम्रो पक्ष हो ।
नेपालमा एकपछि अर्को अस्पतालहरू खुलिरहे पनि सुविधासम्पन्न क्यान्सर अस्पतालको अभाव देखेरै नेपाल क्यान्सर हस्पिटल खुलेको हो ।
भारतमा अध्ययनरत रहँदा दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा पुगेका धेरै नेपालीको दुःख मैले नजिकबाट देखें । जतिबेला भारतमै पनि अहिलेको जस्तो सुविधासम्पन्न अस्पतालहरू खासै थिएनन् । भारतमै पनि उपचार सम्भव नभएपछि कतिपय बिरामी बैंककसम्म पुग्ने गर्थे ।
क्यान्सरका बिरामीहरूको यो दुःख देखेपछि सन् २००० तिरै नेपालमै सुविधासम्पन्न क्यान्सर अस्पताल बनाउनुपर्छ भन्ने भयो । नेपालमा भक्तपुर र भरतपुरको क्यान्सर अस्पताल सामान्य रूपमा चलिरहेका बेला भक्तपुरमा हामीले सेवा सुरु ग¥यौँ तर, उच्चतम् प्रविधि नेपालमा थिएन । भरतपुरमा तुलनात्मक रूपमा सुविधा ठीकै भए पनि आममानिसको पहुँच कम थियो ।
सुविधासम्पन्न अस्पताल चाहिन्छ भनेर सन् २०१० बाट काठमाडौंमा क्यान्सर हस्पिटल स्थापनाका लागि ‘फन्ड कलेक्सन’ सुरु भयो । विगतमा हामीले गरेका कामले चर्चा पाएकाले लगानी जुटाउन गरिएको मिहिनेतले केही राहत पनि मिल्यो । क्यान्सर अस्पतालको योजना अघि सारेपछि हामीले उपचार गरेका बिरामीका परिवारहरूबाट समेत लगानी आयो र करिब दुई अर्ब रुपैयाँ लगानीमा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर स्थापना भयो । सेवा शुभारम्भसँगै ‘नेपाली क्यान्सरका बिरामीको उपचार नेपालमै’ भन्ने ‘थिम’ अनुसार आजसम्म पनि अस्पतालले काम गरिरहेको छ ।
निजी क्षेत्रबाट चलेका अस्पताल नाफाकेन्द्रित हुन्छन् भन्ने भाष्य गलत छ । समुदायस्तरबाट सञ्चालित अस्पतालहरूले निकै राम्रो काम गरिरहेका पनि छन् । अस्पतालमा दिइने सेवाबाहेक क्यान्सर लाग्नबाट बच्ने तरिका, रोकथाम, उपचार पद्धतिलगायत विषयमा जनचेतामूलक काम गरिरहेको हुनाले नागरिकस्तरको विश्वास हामीप्रति बढ्दो छ ।
नेपालमा क्यान्सरको अवस्था
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ छ । जसमा पुरुषको संख्या ४८.९८ प्रतिशत र महिला ५१.०२ प्रतिशत छ । यसअनुसार पुरुषको औसत आयु ६८.९ वर्ष र महिलाको ७२ वर्ष छ ।
नेपालमा क्यान्सर बिरामी कति छन् र त्यसको वृद्धिदर कस्तो छ भन्ने एकिन तथ्य वा कुनै अध्ययन भएको पाइँदैन । तर, काठमाडौंका ६ प्रमुख अस्पतालमा सन् १९९४ मा क्यान्सरको अवस्थाका विषयमा भएको एउटा सामान्य सर्वेक्षणले ५ वर्ष (१९८७–१९९२) को अवधिमा पाँच हजार ९० प्रमाणित क्यान्सर रोगी पहिल्याएको थियो । पछिल्ला केही अध्ययन तथा अनुमानहरूले प्रति एक लाख जनसंख्यामा १०३.७ जनामा क्यान्सरको संक्रमण हुने गरेको र त्यसमध्ये ७७.८ जनाको सफल उपचार नभई मृत्यु हुने आकलन गरेको छ ।
यसले पनि देखाउँछ गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सीमित जनसंख्यामा मात्रै छ । राष्ट्रिय बजेटको लगभग ५ प्रतिशत हिस्सा स्वास्थ्य क्षेत्रमा छुुट्याउने परिवेशले पनि स्वास्थ्य उपचारको अवस्थालाई झल्काउँछ । नेपालमा लगभग ८० प्रतिशत ग्रामीण जनसंख्या छ, जसको क्यान्सर उपचार केन्द्रसम्मको पहुँच न्यून छ । आर्थिक र अन्य विभिन्न कारणले करिब १० प्रतिशत क्यान्सरका बिरामी मात्र उपचार केन्द्रसम्म पुग्ने गरेको अनुमान छ । अस्पतालका पछिल्ला तथ्यांकहरूले क्यान्सरका बिरामीको चाप बढ्दै गएको देखाएकाले गुणस्तरीय क्यान्सर उपचारमा केन्द्रित हुनुुपर्ने आवश्यकतालाई जोड दिएको छ ।
Major Cancers in Nepal
1) Lungs
2) Breast
3) Uterine Cervix
4) Oral,
5) Head & Neck cancers
6) Colon and rectal
7) Gastric and Hematopoetic system.
Centers where Radiotherapy Units:
1. Nepal Cancer Hospital and Research Center (NCHRC)*
2. Bhaktapur Cancer Center, Bhaktapur
3. Kathmandu Cancer Center, Bhaktapur
4. BPKMCH Bharatpur, Chatwan
5. Chitwan Medical College (CMC), Chitwan
6. Purbanchal Cancer Hospital Birtamod, Eastern Nepal
7. Nobel Medical College, Biratnagar Eastern Nepal
8. Birat Medical College Biratnagar in Eastern Nepal
9. Manipal Medical College Pokhara, Mid Western Nepal (RT machine out of function)
10. Bir Hospital .
11. Civil Hospital.
* NCHRC is only the comprehensive cancer center in private sector providing comprehensive cancer care under one roof to >2000 new patient each year in affordable cost.
निजी र सरकारी हस्पिटलबीच सहकार्य आवश्यक
हामीले क्यान्सरको बिरामी पैसा अभावकै कारण उपचार गर्न नसकेर फिर्ता हुनु नपरोस् भन्ने हेतुले काम गरिरहेका छौं । यदि कोही बिरामी पैसा तिर्न सक्ने अवस्थामा छैन भने उसको निःशुल्क उपचार पनि हामी गर्छौं । तर, नेपालमा ‘हेल्थ केयर गाइड’ गर्ने कोही पनि छैनन् । क्यान्सरका बिरामी र परिवारका सदस्यको कुरा सुन्ने र उहाँहरूलाई आवश्यक सही सरसल्लाह र सुझावको ज्यादै खाँचो छ । त्यसका लागि बिरामीको हेरचाहमा बढी ध्यान दिनुपर्छ । बिरामी र बिरामीका परिवारसँग मिठो बोल्ने, कुरा सुन्ने, रमाइलो गर्ने, सुमधुर व्यवहार गर्ने र सही सरसल्लाह उपलब्ध गराउँदा एक हदसम्म उनीहरूलले राहत महसुस गर्छन् ।
कतिपय अस्पतालमा बिरामीहरूलाई बेवास्ता गर्ने गरेको गुुनासा पनि सुुन्न पाइन्छ । सरकारी र निजी क्षेत्रबाट सञ्चालित सबै अस्पतालबीच सहकार्य हुने हो भने सीप, क्षमता, प्रविधि र औजार उपकरणको पनि आदानप्रदान गरी धेरै गुुनासा घटाउन सकिन्छ । सबै सुविधा र दक्षता सबै अस्पतालमा सम्भव नहुुन सक्छ ।
त्यसैले एक–अर्कोमा नभएका सेवा सुविधा र दक्षता आदानप्रदानले क्यान्सरका बिरामीलाई धेरै नै राहत दिनसक्छ । तर, निजी क्षेत्रबाट चलेका अस्पतालहरू पैसा कमाउन मात्रै आएका हुन् भन्ने चिन्तन राजनीतिज्ञ, प्रशासक र जनसाधारणमा रहँदा कहिलेकाहीँ सेवा सञ्चालनमा निकै अप्ठ्यारो पनि बनाउने गरेको छ । नेपालजस्तो साधन–स्रोत कमी भएको देशमा सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणामा काम गर्न सकिए क्यान्सर उपचारमा फड्को मार्न सकिन्छ र निजी क्षेत्रले सदैव सरकारसँग सहकार्यको अपेक्षा गरिरहेकै हुन्छ ।
भारतनिर्भर ल्याब टेस्ट र जनशक्ति अभाव
नेपाल क्यान्सर हस्पिटल आएपछि अरू अस्पतालहरूले पनि क्यान्सर उपचार सुरु गरिरहेका छन् । बिराट, नोबेल र चितवन मेडिकल कलेजमा रेडियोथेरापी मेसिन थपिएका छन् । सिभिल र नेपालगन्जमा पनि रेडियोथेरापी मेसिन थप हुँदै छ भन्ने सुनिएको छ । यतिले मात्र पनि पर्याप्त हुुँदैन ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले १० लाख मानिस बराबर कम्तीमा एउटा रेडियोथेरापी मेसिनको आवश्यकता दर्शाएको छ । यसरी हेर्दा नेपालमा कम्तिमा ३० वटा क्यान्सर जाँच मेसिन हुनुपर्ने हो । तर, अहिले ९-१० वटा मात्रै छ । क्यान्सर हस्पिटलको सबैभन्दा बढी लगानी रेडियोथेरापी मेसिन खरिदमा हुन्छ । सरकारले क्यान्सर उपचारलाई सहज र सरल पहुँचमा पुु¥याउन पनि रेडियोथेरापी मेसिन खरिदमा सहुलियत र सुविधा प्रदान गर्नुपर्छ । ‘मोलिकुलर ल्याबरोटरी’ सञ्चालन गर्न राज्यबाट विशेष पहल आवश्यक छ ।
अझै पनि क्यान्सरको ‘ल्याब टेस्ट’ का लागि ‘स्याम्पल’ भारतमै पठाउनुपर्ने बाध्यता छ । ल्याब टेस्टका नाममा मात्रै वार्षिक करिब २० करोड नेपाली रुपैयाँ भारत गइरहेको छ । सरकारले विशेष सहुलियत र प्रोत्साहन दिई एउटा ल्याब नेपालमै राखिनुुपर्छ । सरकारी प्रोत्साहनविना महँगो उपकरण नेपालमा ल्याउन सम्भव छैन ।
नेपाल क्यान्सर हस्पिटलमा अहिले ६ सय कर्मचारी छन् । तर, नेपालका क्यान्सर हस्पिटलमा दक्ष जनशक्तिको अभाव छ । डाक्टर मात्रै होइन, ‘नर्सिङ स्टाफ’ को पनि अभाव छ । जनशक्ति अभाव स्वास्थ्य क्षेत्रकै ठूूलो समस्या हो । भएका जनशक्ति पनि विदेश पलायन हुँदै छन् । दक्ष जनशक्ति नेपालमै रोक्ने खालको नीति नहुँदा स्वास्थ्य क्षेत्रमा ठूलो समस्या आउने देखिन्छ । अझै पनि क्यान्सर हस्पिटलमा रेडियोग्राफर भारतबाटै ल्याउनुपर्ने बाध्यता छ ।
विदेशी लगानी ल्याउन कठिन
क्यान्सर उपचारमा विदेशी लगानी ल्याउन निकै कठिन छ । नेपाल क्यान्सर हस्पिटल सुरु गर्दा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याउन निकै ठूलो प्रयास गरिए पनि सफल भएन ।
‘प्रोफिट रिटर्न पोलिसी’ का कारण विदेशी लगानी आउन गाह्रो रहेछ । स्वास्थ्य क्षेत्रमा वैदेशिक लगानी आएमा केवल पैसा मात्रै होइन, विश्वस्तरीय प्रविधि पनि आउँछ । जसबाट गुणस्तरीय सेवाको विस्तार र छिटोछरितो उपचार सम्भव हुनसक्छ ।
कर प्रणालीमा समस्या
क्यान्सर हस्पिटल मात्रै नभई मेडिकल क्षेत्रमै प्रयोग गरिएको कर प्रणाली वैज्ञानिक छैन । एउटा अस्पतालले १०० रुपैयाँ कमाउँदा ६० रुपैयाँ विभिन्न किसिमका करमार्फत सरकारलले लगिसकेको हुन्छ । अस्पतालमा बिरामीले तिर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) हटाए पनि अस्पतालले औषधि, औजार उपकरण खरिद गर्दा तिर्नुपर्ने भ्याट यथावत् छ । यस्तो कर अन्ततः सेवाग्राहीमै गएर ठोक्किने हो ।
बैंकबाट कर्जा लिन महँगो छ भने भने प्रक्रिया अझै पनि झन्झटिलो छ ।
स्वास्थ्य संस्थाहरूले सहुलियतमा ऋण पाउने वातावरण बन्नुपर्छ । विदेशबाट ल्याउनुपर्ने औषधि सहजै ल्याउन सकिँदैन । अन्तर्राष्ट्रिय एजेन्सीहरूले योग्य भनेर प्रमाणित गरेका औषधि ल्याउन पनि औषधि व्यवस्था विभाग (डीडीए) को प्रमाणीकरण चाहिन्छ । यसले गर्दा कतिपय अत्यावश्यक औषधि समयमै ल्याउन सकिँदैन । निजी अस्पताल निर्माणको मापदण्ड पनि एकदमै कसिलो छ । तर, सरकारी अस्पतालहरूले मापदण्ड उल्लघंन हुँदा पनि कुनै कारबाही गरिँदैन । यसरी स्वास्थ्य सेवामा पनि विभिन्न किसिमको विभेद कायम छ, जुन दुुर्भाग्यपूर्ण छ ।
मेडिकल हबको अवधारणा र ‘राष्ट्रिय क्यान्सर नीति’
नेपालमा क्यान्सर रोगका विषयमा कुनै तथ्यपरक विवरण उपलब्ध छैन । सरकारले अहिलेसम्म ‘राष्ट्रिय क्यान्सर नीति’ बनाएको छैन । जसले गर्दा अस्पताल निर्माण, जनचेतना तथा सेवामा प्रोत्साहन कार्यक्रम, दक्ष जनशक्ति उत्पादनजस्ता विषयमा सरकारी लक्ष्य नै देखिएन । बरु निजी क्षेत्रबाट क्यान्सर अस्पताल चल्दैन भनेर हतोत्साही गर्ने काम भयो । तर, अहिले अस्पतालको आवश्यकता रहेछ भन्ने महसुस हुँदै छ । अझै पनि बिरामीको दरअनुसार अस्पताल तथा उपकरण अपुग भएकाले सरकारले सहुलियत दिएर निजी क्षेत्रलाई स्वास्थ्य संस्था स्थापनामा प्रोत्साहित गर्नुपर्छ ।
अहिले विश्वभर ‘मेडिकल टुरिजम’ मौलाएको छ । नेपालको हावापानी र मौसमले मेडिकल टुरिजमको सम्भावना बलियो देखाउँछ । तर, राष्ट्रिय नीति अभावमा पर्याप्त काम हुन सकिरहेको छैन । नेपालको स्वास्थ्य सेवालाई प्रभावकारी रूपले विस्तार गर्ने हो भने सस्तो, सुलभ र सहज उपचार सम्भव छ । अहिले पनि विश्वका विभिन्न मुलुकमा पुगेका कतिपय नेपाली स्वास्थ्य उपचारका लागि नेपाल आउने गरेका छन् । विश्वस्तरीय स्वास्थ्य सेवा दिँदा नेपाललाई स्वास्थ्य हबका रूपमा विकास गर्न सकिन्छ ।
स्वास्थ्य बिमाको दर र दायरा विस्तारको आवश्यकता
सरकारले विपन्न वर्गका नागरिकलाई दिने स्वास्थ्य सेवा प्रदान गर्न निजी अस्पतालहरूलाई जोड्नु सकारात्मक भए पनि सेवाबापतको रकम भुक्तानीमा गरिएको विलम्ब र सानो आकारको बिमा रकमले उपचार प्रभावित हुने अवस्था बनिरहेको छ । सरकारले हरेक महिना स्वास्थ्य सेवाबापतको रकम भुक्तानी गर्नुपर्छ । त्यसैगरी स्वास्थ्य बिमाको दर र दायरा दुवै बढाउनुुपर्ने आवश्यकता छ । स्वास्थ्य बिमालाई व्यवहारिक बनाएर गुणस्तरीय सेवा विस्तारमा ध्यान दिएको खण्डमा स्वास्थ्य उपचार थप प्रभावकारी बन्न सक्छ ।
विदेश उपचारको सहुलियतले प्रभावित स्वदेशी संस्था
क्यान्सरसहित धेरै रोगको उपचार नेपालमै सम्भव छ । तर, अहिले पनि धेरै बिरामी भारत गएको पाइन्छ । नेपालमै उपचार सम्भव भएका विषयमा सरकारले सन्देश दिन पनि हिच्किचाइरहेको छ । अस्पतालहरूले गरिने प्रचारभन्दा सरकारले दिने एउटै सन्देश कैयौँ गुणा कामयाबी हुन्छ । तर, सरकारले यसतर्फ चासो दिएको देखिँदैन । अझ कतिपय सहुलियतले त सरकार विदेशमै उपचारका लागि प्रोत्साहन गरिरहेको हो कि भन्ने भान पर्छ ।
सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले क्यान्सरका बिरामी विदेशमा उपचार गर्न जाँदा (अधिकांश भारतमा जान्छन्) भाडा छुट दिन्छ । तर, हुम्ला, मुगुको बिरामी काठमाडौं वा नेपालभित्रकै अन्य सहरमा भएका अस्पतालमा लैजाँदा कुनै सुविधा दिँदैन । विकट ठाउँबाट उपचारका लागि काठमाडौं वा अन्य सहरमा आउँदा यस्ता सुविधा दिन किन नमिल्ने ?
नेपालका क्यान्सर अस्पतालको मात्रै नभएर धेरै रोगको उपचार हुने अस्पतालको प्रतिस्पर्धी भारतीय अस्पतालहरू हुुन् । भारतका ठूला अस्पतालहरू नेपालमा बजारीकरणका लागि आउँछन् र एकपटक भारत गएका बिरामीलाई सकेसम्म नफर्कने गरी (फलोअपसमेत) आफ्नै अस्पतालमा सेवा लिन बाध्य गराउँछन् । यसबाट पैसा मात्रै होइन, कतिपय तथ्याङ्कसमेत बाहिर गइरहेको हुन्छ ।
अर्कोतिर सरकारी अधिकारीहरूले विदेशमा उपचार गराउन जाँदा विभिन्न सेवा–सुविधा पाउँछन् । तर, स्वदेशमै उपचार गराए कुुनै सुविधा पाउँदैनन् । उपचारमै स्वदेश र विदेश भनेर किन विभेद गरिएको ? नेपालभित्र उपचार गराउँदा विदेशकै सुविधा पाउने व्यवस्था गर्न किन रोकेको बुझ्न सकिएको छैन । यसले मुलुकमै सम्भव भएका रोगहरूको उपचारका नाममा बर्सेनि अर्बौं रुपैयाँ विदेशिएको मात्र छैन मेडिकल वैज्ञानिकहरू नयाँ–नयाँ प्रविधिबाट सिक्ने मौकाबाट समेत वञ्चित भइरहेका छन् ।
राजनीतिक नेतृत्व (राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसदलगायत) र उच्च तहका कर्मचारीहरूले स्वदेशमै उपचार गरेर अन्य नागरिकलाई स्वदेशमै जस्तासुकै रोगको उपचार सम्भव छ भनेर विश्वास जगाउनुपर्छ । नेपालमा सम्भव हुने उपचार नेपालभित्रै गराउनुपर्ने कानुनी व्यवस्थासँगै आर्थिक सहुलियत दिने हो भने स्वास्थ्य क्षेत्रको ठुलो रकम विदेशिनबाट जोगिन्छ ।
(डा. श्रेष्ठ नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका अध्यक्ष हुन् । यो लेख नाफिज जर्नलबाट लिइएको हो । )