काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा पुरस्कार पाउने विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको विवरण सार्वजनिक गरेको छ ।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षा सचिव डाक्टर दीपक काफ्लेले पुरस्कार पाउने विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको विवरण सार्वजनिक गरेका हुन् । काफ्लेले राष्ट्रिय पुरस्कार प्राप्त गर्ने उत्कृष्ट क्याम्पसको सूची पनि सार्वजनिक गरेका छन् ।