काठमाडौं । नेपालमा केही दिनयता हैजाका संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो पटक कैलालीका थप एक जनामा हैजा पुष्टि भएको छ ।
कैलालीमा पर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १ का थप एक जनाका हैजा पुष्टि भएको हो । योसँगै देशभर २३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
ईडीसीडीका अनुसार कैलालीमा मात्रै हैजाका बिरामीको संख्या ८ पुगेको छ । यस्तै, काठमाडौंको टोखाका १ जनामा हैजा देखिएको छ ।
सबै भन्दा धेरै ललितपुरको गोदावरी, ग्वार्को, इमाडोल लगायत विभिन्न स्थानका १४ जनामा हैजा सङ्क्रमण फेला देखिएको थियो । यिनीहरू निको भइसकेको जनाइएको छ ।