एजेन्सी । इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। इजरायलका विदेश मन्त्री इजरायल कट्जले एक्समा एक पोस्ट गर्दै राष्ट्रसंघिय महासचिवलाई इजरायल प्रवेशमा प्रतिबन्ध लगाएको बताएका छन्।
उनले गरेको पोस्टमा इजरायललाई जघन्य अपराध गरेको भन्नेहरुलाई देश प्रवेशमा कुनै अधिकार नभएको बताएका छन्। उनले भने ‘जो सुकै किन नहोस् इरानले इजरायलमाथि गरिएको आक्रमणको कडा निन्दा गर्न सक्दैन भने उसलाई इजरायलको भुमिमा पाइला राख्ने कुनै अधिकार छैन्।’
कट्जले गुटेरेसको चर्को आलोचना गर्दै भने ‘उनले अहिले सम्म सात अक्टोबर को हमासले गरेको जनसंघार तथा यौन उत्पीडनको निन्दा गरेका छैनन्, नत उनले हमासलाई एक आतंकवादी संगठन घोषणा गर्ने दिशामानै कुनै कदम उठाएका छन्।’
उनले भने ‘यस्ता सेक्रेटरी जनरल जो आतंकवादि, बलात्कारीका साथै हमास, हिजबुल्लाह तथा हुतिहरु पछि इरानद्वारा गरीएको हत्याको समर्थन गर्छन्। उनलाई संयुक्त राष्ट्रसंघको इतिहासमा एक कालो धब्बाका रुपमा सम्झिने छ।’