काठमाडौं । जुम्लामा स्याउ पाक्न थालेका छन् । जिल्लाका हरेकजसो बगैंचामा स्याउ लटरम्म फलेका छन् । जुम्लामा रेड, रोयल र गोल्डेन जातको स्याउ फल्ने गरेको छ ।
स्याउ पाकेसँगै बगैंचामा व्यापारीहरुको चहलपहल बढेको छ । किसानहरु स्याउ टिप्न थालेका छन् भने ब्यापारीहरु स्याउ खरिदको लागि बगैंचामै पुग्न थालेका छन् ।
जिल्ला कृषि विकास कार्यालयको बगैंचा व्यवस्थापनका लागि कृषि प्राविधिकहरु बगैंचामै पठाउने गरेको छ । मलखाद्यको व्यवस्थापन देखि काँटछाँट गर्न पनि प्राविधिकहरु स्याउ किसानहरुसँगै खटिइरहेका हुन्छन् ।
तस्बिरः किशोर न्यौपाने