काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ बहुमत प्रदेश सभा सदस्यबाट विश्वासको मत प्राप्त गरेका हुन् ।
शाहले सभामा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३६ जना प्रदेश सभा सदस्यले मतदान गरेका हुन् । ५३ सदस्यीय प्रदेश सभामा शाहलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरेर ३६ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिए।
बैठकमा सहभागी माओवादी केन्द्रका र नेकपा एकीकृत समाजवादी पार्टीका ४/४ जना गरी ८ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरे। स्वतन्त्र प्रदेश सभा सदस्य डा ताराप्रसाद जोश भने तटस्थ बसेका छन् । बैठकमा राप्रपाकी खेमादेवी बिष्ट र माओवादी केन्द्रका ६ जना प्रदेश सभा सदस्य बैठकमा उपस्थित थिएनन् ।