एजेन्सी । हमासका प्रमुख नेता इस्माइल हानियाको इजरायलले हत्या गरेपछि ईरानले त्यसको बदला लिने चेतावनी दिएको छ।
ईरानका नवनिर्वाचित राष्ट्रिपति मसूद पेजेश्कियानको शपथ समारोहमा भाग लिन कतारबाट ईरानको राजधानी तेहरान पुगेका हानियाको इजरायलले आक्रमण गरेर हत्या गरेको हो।
हनियाको हत्या पछि ईरानका सर्वोच्च नेता अयातुल्लाह खामनेईले इजरायलमाथि आक्रमण गर्नका लागि तयार रहन आफ्ना सेनालाई निर्देशन दिएका छन्।
समाचार संस्था न्यूयोर्क टाइम्सका अनुसार सर्वोच्च नेता खामनेईले आफ्नो पाहुनाको हत्या हुनु सह्य नहुने भन्दै त्यसको बदला लिने जिम्मेवारी आफूमाथि रहेको बताएका छन्। उनले आफ्ना घर आएका पाहुनाको हत्या गर्ने इजरायलमाथि आक्रमण गर्न ईरानी सेनालाई आदेश दिएका हुन्।