चन्द्रकान्त खनाल
रुपन्देही । लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री खेम बहादुर सारुले प्रदेशमा मातृ मृत्युदर उच्च रहेको भन्दै यसलाई न्यूनीकरणको लागि प्रदेश सरकारले विशेष भुमिका खेल्ने बताएका छन् ।
उनले विभिन्न अध्यायन प्रतिवेदन अनुसार प्रदेशमा मातृ मृत्युदर बढी रहेको पाइएकोले प्रदेशको सबै संयन्त्र यसमा परिचालन भइ मातृ मृत्युदर न्यूनीकरणमा लाग्ने बताए ।
यसको लागि प्रदेश सरकारको एकल मन्त्रालयबाट मात्रै सम्भव नभएको भन्दै मन्त्री शारुले सबै पालिका, तहका बीचमा सहकार्य, समन्वय जरुरी रहेको यसमा मन्त्रालय मातहतका कार्यालयहरुले उच्च भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।
स्वाथ्य कार्यालय रुपन्देहीको आयोजनामा आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित जिल्ला स्तरिय बार्षिक समिक्षा कार्यक्रमलाई तिलोत्तमा
ड्राइभर टोलमा सम्बोधन गर्दै मन्त्री सारुले स्वाथ्य क्षेत्र सबैभन्दा गम्भिर र संवेदनशिल भएको भन्दै यसमा सबै निकाय सचेतनापूर्वक सजग भएर योजनाबद्ध रुपमा लाग्नुपर्ने मन्त्रीले बताए ।
मन्त्री शारुले कार्यक्रममा बोल्दै भने–‘प्रदेशमा मातृ मृत्युदर, मानसिक रोग लगायतका नसर्ने रोग समस्याको रुपमा अगाडी बढेको छ, यसलाई न्युनिकरण गर्नको लागि सबै निकाय गम्भिरतापूर्वक लाग्नुपर्छ, हामी सरकारले के कस्तो सहयोग, सहजीकरण गर्नुपर्ने हो तयार छौं । ’
स्वास्थ्यका विभिन्न सूचकांक सुधार गर्न सकेमा मात्रै प्रदेश सरकारको सफलता देखिने भन्दै मन्त्री शारुले यसको लागि प्रदेशका सबै निकायले पूर्ण क्षमताका अनुसार लक्ष्य निर्धारण गरेर अगाडी बढ्नुको विकल्प नभएको बताए ।
कार्यक्रममा प्रदेशको स्वाथ्य मन्त्रालयका सचिव डा. बासुदेव उपाध्यायले स्वाथ्य क्षेत्र सुधारको लागि प्रदेश सरकारको एकल प्रयासबाट मात्रै सम्भव नभएको भन्दै यसमा तीन वटा तहको सहकार्य जरुरी रहेको बताए ।
प्रदेशले योजना बनाउने, त्यसको कार्यान्वयन गर्ने काम पालिका, प्रदेश मातहतका कार्यालयहरुको रहेको भन्दै उहाँले लक्ष्य अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । समिक्षा कार्यक्रममा प्रदेश स्वाथ्यआपुर्ती केन्द्र बुटवलका प्रमुख डा. राजेन्द्र गिरी, प्रदेश जनस्वाथ्य प्रयोगशाला बुटवल तामनगरका प्रमुख राजेश कुमार गुप्ता, भिम अस्पताल भैरहवाका मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ता लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख भेषराज शर्माले स्वाथ्य क्षेत्रमा जिल्लास्तरमा भएका कार्यक्रम बारेमा प्रकाश पारेका थिए । उनले जिल्लाको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्दै प्रदेश सरकारले गर्ने योजना, कार्ययोजनाको विषयमा प्रकाश पारे ।
कार्यालयका क्षयकुष्ठ अधिकृत टिकाराम अधिकारीको स्वागत तथा ल्याव टेक्निसियन अधिकृत खिमलाल पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो।
दुई दिनसम्म चल्ने समीक्षा गोष्ठीमा जिल्लाका १६ वटा पालिकाका स्वाथ्य शाखा प्रमुख तथा प्रतिनिधि, अन्य स्वाथ्य क्षेत्रसँग सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको छ ।