काठमाडौं । बिहीबार बेलुका कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ। विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको बस साझ करिब ६:०५ मा कोशी ब्यारेजको पुलको बार भत्काउँदै बस नदीमा खसेको हो।
को१ख ४६०१ नम्बरको बस खसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए। बसका सबै यात्रुको सकुशल उद्धार गरिएको छ । बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।