काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक १४ बुँदे विशेष प्रस्ताव पारित गर्दै सकिएको छ। बैठकले कांग्रेस–एमालेको संयुक्त सरकार गठनपछि मुलुकमा राजनीतिक स्थिरताको सन्देश प्रवाह भएको निष्कर्ष निकाल्दै सत्तारुढ दलहरुबीचको आपसी सहकार्य र विश्वासलाई अझ सुदृढ बनाउन सुझाव दिएको छ।
बैठकबाट पािरत १४ बुँदे समसामायिक प्रस्तावमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरिएको छ।
‘नेपालको संविधान कार्यान्वयनको १० वर्ष हुन लागेको छ। संविधान कार्यान्वयनको वस्तुनिष्ठ समीक्षा गर्दै यसका सबल र दुर्बल पक्षहरुलाई निक्र्यौल गर्न र संविधानका प्रगतिशील अन्तरवस्तुहरुको संरक्षण र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्ने गरी वृहत् समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन यो बैठक सरकारसँग आग्रह गर्दछ,’ पारित प्रस्तावमा भनिएको छ।
हेर्नुस् बैठकबाट परित १४ बुँदे प्रस्ताव :