काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको प्रयोग गरेर नागरिकलाई सहज सेवा दिन लागि पर्ने बनाउने बताएका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै उनले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका हुन्।
प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको स्पष्ट पारे।null
कार्यक्रममा हालै सरकारले ल्याएको अध्यादेशमा नेपाली सूचना प्रविधि (आईटी) कम्पनीहरूले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेश मार्फत कानुन संशोधन गर्ने निर्णय गरेको प्रति धन्यवाद दिए।
उनीहरुले नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न नसक्ने र लगानी स्वदेश र विदेशमा आदानप्रदान हुने खालका सहजीकरणका व्यवस्थाले आफूहरुलाई उत्साहित तुल्याएको बताए। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले ऐतिहासिक निर्णय भनेको छ।