काठमाडौं । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ। साथै कोसी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभावसमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण हाल (बिहीबार बेलुका) कोसी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कोसी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। यस क्रममा कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा सम्भावना छ।