काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको सम्बन्ध सन्तुलनमा राख्न प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्।
अबको ४ महिनामा फेरि प्रधानमन्त्री प्रचण्डकै अनुकुलतमा परिस्थिति पुग्ने भन्दै उनले शुक्रबारको संसद् बैठकमार्फत सो आग्रह गरेका हुन्।
‘आज परिस्थिति जस्तो भएपनि नेपाली कांग्रेसको सभापतिलाई दोषी नदेख्नुहोला। सन्तुलनमा राख्नुहोला, चार महिनामै परिस्थिति अनुकुल त भइहाल्छ,’ चौधरीले भने, १आजको मिति गनेरै बसौँ, ४ महिनामा परिस्थिति अनुकुल तपाईंकै पक्षमा हुन्छ।’