काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्तारुढ दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ।
बैठकमा सरकारमा सहभागी दलका प्रमुख नेता सहभागी छन्। सरकारको एकसय दिनको कामको समीक्षा, विपक्षी दलहरुले बुझाएको ज्ञापनपत्र, सरकारले ल्याउन लागेको अध्याधेश, सरकारको आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न प्रधानमन्त्रीले सत्तारुढ दलको बैठक बोलाएका हुन्।