काठमाडौं । एसीसी महिला एसिया कपमा नेपाल भारतसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको दाम्बुला रंशगालामा हुने खेल राति सवा ७ बजे सुरू हुनेछ।
नेपालले पहिलो खेलमा युएईलाई पराजित गरेको थियो। तर दोस्रो खेलमा भने नेपालले पाकिस्तानसँग हार बेहोर्यो।
दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएसँगै नेपालको सेमिफाइनल सम्भावना कठिन बनेको थियो।
आजै पाकिस्तान र युएईबीच खेल हुनेछ। यो खेलमा पाकिस्तानले जित निकाले नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिनेछ।