काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनल खेल आज हुँदै छ । फाइनलमा नेपाल र भारत भिड्दै छन् ।
नेपालले इरानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।
भारत श्रीलंकालाई हराउँदै फाइनल प्रवेश गरेको थियो । नेपालले मंगलबार सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै फाइनलमा स्थान सुनिश्चित गरेको थियो ।