काठमाडौं । नेपाली क्रिकेट टिमले शुक्रबार अमेरिकाविरुद्धको टी– २० आईमा प्रभावशाली जित हात पारेको छ । तीन खेलको सिरिजमा शुक्रबार भएको पहिलो खेलमा नेपालले घरेलु टिम अमेरिकालाई डालासमा १७ रनले हराएको हो ।
नेपालका जितमा विश्व नम्बर २ अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफ्नो परिचयअनुसारको प्रदर्शन गरे । ब्याटिङमा २८ रन बनाएका उनले बलिङ गर्दा पनि तीन विकेट लिए । ऐरी खेलको प्लेयर अफ द म्याच बने । यस्तै, कप्तान रोहित पौडेलले पनि रनआउट हुनुअघि ४९ रन बनाएका थिए ।