काठमाडौं । रोटरी क्लब अफ तिनकुने काठमाडौंको समन्वयमा विभिन्न रोटरी क्लब तथा रोटरियनहरुको सहयोगमा पर्वतका तीन विद्यालयका ४५५ जना विद्यार्थीलाई न्यानो लुगा तथा स्कूल ब्याग हस्तान्तरण गरिएको छ ।
जनवरी दुई तारिकका दिन रोटरी क्लब अफ तीनकुने काठमाडौंका संस्थापक अध्यक्ष तिलकप्रसाद तिवारी र रोटरी क्लब अफ जावलाखेलकी सदस्य स्मृति लामा पर्वतको पैयूँ गाउँपालिकाका श्री जनसेवा संस्कृत माध्यमिक विद्यालय र श्री बिनु माध्यमिक विद्यालय, फलेवास नगरपालिकाको पाङराङको श्री नारायणस्थान प्राथमिक विद्यालय समेत गरी तीन विद्यालयका ४ सय ५५ विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्कूल ब्याग हस्तान्तरण गरेका हुन् ।
श्री बिनुमाविका विद्यार्थीका लागि जर्मन संस्थाको ओस्टआजियाटिसर भेरआईन ब्रेमन इ भीको जसको समन्वय मिस्टर कलाउस माएर तर्फवाट न्यानो लुगाको प्रबन्ध गरिएको थियो । जसको संयोजन रोटरी क्लब अफ बागमति काठमाडौंकी निवर्तमान अध्यक्ष मञ्जु धमला थापाले गरेकी थिइन् ।
अन्य विद्यालयका विद्यार्थीका लागि न्यानो लुगा तथा स्कूल ब्याग भने विभिन्न रोटरी क्लब, रोटरियन तथा अन्य सामाजिक व्यक्तिहरुले गरेका थिए ।
यसरी सहयोग गर्ने संस्था तथा व्यक्तिहरुमा रोटरी क्लब अफ बागमती काठमाडौं, रोटरी क्लब अफ काठमाडौं, रोटरी क्लब अफ तिनकुने काठमाडौं, रोटरी क्लब अफ रुद्रमति काठमाडौं, रोटरी क्लब अफ बिराटनगर मिडटाउन, रोटरी क्लब अफ न्यूरोड सिटीकी रोटरियन इनु अर्याल, रोटरी क्लब अफ जावलाखेल, रोटरी क्लब अफ ललितपुर, रोटरी क्लब अफ चाँगुकी रोटरियन शाकिला पाठक, रोटरी क्लब अफ काठमाडौं सर्कलका रोटरियन नेत्र बस्नेत, रोटरियन गौतम श्रेष्ठ, रोटरियन दिनेश श्रेष्ठ, रोटरियन पृथ्वी वैद्य, रोटरियन आइपी ढकाल र अपाङगता अधिकारकर्मी कृष्ण गहतराज रहेका छन् ।