रुपन्देही । रोटरी डिस्ट्रिक्ट ३२९२ गर्ल चाइल्ड एम्पावरमेन्ट कमिटी रिजन ५ ले लिटरेसी डे को अवसरमा आयोजना गरेको ‘शिक्षित छोरी, सशक्त समाज’ शीर्षकमा स्कुल–स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा ६५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । रोटरी डिस्ट्रिक्टका निवर्तमान डिस्ट्रिक्ट गभर्नर रोटरियन राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता गर्ल चाइल्ड एम्पावरमेन्ट कमिटी रिजन पाँचकी चेयर रोटरियन कमला हमालले गरेकी थिइन् ।
स्कलर होम बोर्डिङ स्कुलका प्रधानाध्यापक रोटरियन बाबुराम दाहालले प्रतियोगिताका लागि स्थल व्यवस्थापन गरेका थिए । निबन्ध प्रतियोगिताको समन्वय रोट्र्याक्टर कल्पित नेपालले डिस्ट्रिक्टका चेयर रोटरियन रमिला श्रेष्ठ र को–चेयर रोटरियन बिनिता हाडा प्रधानाङ्गको मार्गदर्शनमा बुटवलमा गरेका थिए ।
प्रतियोगिताबाट उत्कृष्ट ठहरिएका तीन जना विजेताहरूलाई १४ सेप्टेम्बरमा बुटवलमा आयोजना हुने भाइब्रेन्ट क्लब वर्कशपका दिन पुरस्कृत गरिनेछ ।
यस प्रतियोगितालाई रिजन ५ अन्तर्गतका दश वटा रोटरी क्लब-रोटरी क्लब अफ बुटवल, देवदह, बुटवल डाउनटाउन, बुटवल साउथ, लुम्बिनी, तिनाउ बुटवल, सेन्ट्रल बुटवल, रुपन्देही, मेडिको फ्युजन, र एलाएन्स डाउनटाउनले सहयोग गरेका थिए ।