काठमाडौं । नेपाल वायु सेवा निगममा देखिएका समस्या र सुधारका लागि अध्यन समिति गठन भएको छ।
बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेस गर्ने गरि शिशिर खनालको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेको हो।
उपसमितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगेश गौचन थकाली र सुनिता बराल छन्। समिति सभापति राजकिशोर यादवले नेपाल वायु सेवा निगम अध्ययन समितिले एक महिनाभित्रमा प्रतिवेदन पेस गर्ने बताए।