काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बुधबार नयाँ रेकर्ड बनेको छ। बुधबार अहिलेसम्मकै झण्डै २२ अर्बको कारोबार भएको हो। यसदिन २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको ५ करोड ९ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यो कारोबार रकम अहिलेसम्मकै धेरै हो। यस अघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ५३ करोडको शेयर खरिदबिक्री भएको थियो।
बुधबार नेप्से परिसूचक ६४.२५ अंक बढेर २७६०.९० विन्दुमा पुगेको छ। १ दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ। सबै समूहका सूचक बढेका छन् ।
आत्मनिर्भर लघुवित्तको शेयर मूल्य भने सर्वाधिक ६.५२ प्रतिशत घटेको छ।