काठमाडौं । पहिरोका कारण एम्बुलेन्सबीच बाटोमै रोकिंदा दुई बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका–८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
उनीहरू शुक्रबारदेखि नै सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जास्थित टुपी डाँडा भन्ने ठाउँमा एम्बुलेन्स अड्किएका थिए ।
मृत्यु हुने बिरामी मध्ये सिंजाली मिर्गौलाको बिरामी रहेको पाइएको प्रहरीले जनाएको छ ।
भुजेललाई बा२१च ७५२३ नम्बरको र सिंजालीलाई ज१च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं ल्याइँदै थियो ।