काठमाडौं । नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल पारा ओलम्पिक खेलाडी पलेशा गोवर्धन बुधबार बिहान नेपाल आइपुग्दै छिन्। उनी बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ।
साथै परिषद्ले उनी आएलगतै नगर परिक्रमाको कार्यक्रम राखेको छ। राखेपले उनीसहित नेपाली टोलीलाई भव्य स्वागतसहित नगरपरिक्रमा गराउने जनाएको छ। उनको र्याली बिहान विहान ८ः३० बजेबाट एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्याइने जनाइएको छ। राखेपमा उनलाई स्वागत तथा उनको अन्तरक्रिया कार्यक्रम राखिएको छ।
पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले के ४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनि सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन्। सन् १९६४ को टोकियो ओलम्पिकदेखि ओलम्पिकमा तथा सन् २००४ को एथेन्स पारालिम्पिकदेखि नेपालले पारा ओलम्पिकमा सहभागिता जनाउँदै आएको थियो।