रुपन्देही । तिलोत्तमा ३ अन्तरगत रहेको पशुपति टोल विकास संस्थाको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रमेश थापाको अध्यक्षतामा तिलोत्तमा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेलको प्रमुख तथा शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष झबिन्द्र भण्डारीको विशिष्ट आतिथ्यमा अधिवेशन सम्पन्न भएको होे ।
अधिवेशनलाई सम्बोधन गर्दे प्रमुख अतिथि पौडेलले उपभोक्ता र जनप्रतिनिधिको सहकार्यबाट नै वडामा विकास सम्भव हुने भएकोले सबै हातेमालो गरी अघि बढ्नुपर्ने बताए । उनले देशको दोस्रो उत्कृष्ट नगरपालिकालाई शिक्षा स्वास्थ्य खानेपानी तथा पूर्वाधारमा अब्बल बनाउनको लागी टोल विकास संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झबिन्द्र भण्डारीले टोल विकास संस्थाहरुको भूमिका महत्वपूर्ण रहने भएकोले सरसफाइका लागि बढी ध्यान दिनुपर्ने बताए । उनले खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था टोललाई आवश्यक सहयोगको लागि सधैं साथ रहेको बताउँदै सरसफाइका लागि आवश्यक उपकरण तथा अन्य सहयोग उपलब्ध गराउन आफनो संस्था तयार रहेको बताए ।
कार्यक्रम पशुपति टोल विकास संस्थाका सल्लाहकार चन्द्रकान्त खनालले बोल्दै अधिवेशनमा बोल्दै आफ्नो क्षेत्रको लागि निर्माण भएको टोल संस्था भएकोले काम गर्ने खालको नेतृत्व आउन सुझाव दिए ।
उपाध्यक्ष बासुदेव भण्डारीको स्वागत सचिव अम्बिका खनालको सञ्चालनमा भएको कार्यक्रममा कैलाश टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र घिमिरे सल्लाहकार चन्द्रकान्त खनाल, अजुर्न सापकोटा,वामदेव अर्याल लगायको सहभागितामा अधिवेशन सम्पन्न भएको थियो ।
अधिवेशनमा अध्यक्ष रमेश थापाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पिताम्बर खनालले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
रमेश थापाको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन
संस्थाको अधिवेशनले रमेश थापाको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा बासुदेव भण्डारी,सचिवमा अम्बिका खनाल,कोषाध्यक्षमा पिताम्बर खनाल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा भुमा बेल्बासे बसुन्धरा पौडेल, गोमा अर्याल, लिला पोखरेल, सरस्वती ज्ञवाली, उमादेबी पराजुली, रुन्जाता सुबेदी बिन्दु, ज्ञवाली उमकला खनाल, खगिस्वरा आर्चाय, विजय दाहाल, आशा पाण्डेय, दलबहादुर दर्लामी, बिष्णुमाया भण्डारी रहेका छन् ।