काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकार बिचौलियाले बनाएको र अहिले उनीहरुले नै चलाइरहेको बताएका छन्। प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारका हरेक जसो निर्णय र नियुक्तिका पछाडि बिचौलियाको भूमिका रहेको उनको आरोप छ ।
‘सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन्,’ उनले भने । वर्तमान सरकारकै गलत गतिवविधिकै कारण जनतामा असन्तोष बढेको उनको भनाई छ।