काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्डमा दुईतर्फी नै गाडी गुड्न थालेका छन्।
वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर एकतर्फी गाडी चल्न थालेको उक्त सडक खण्ड आज बिहानदेखि दुईतर्फी नै गाडी चल्न थालेका हुन्।
ढुङ्गा हटाउनका लागि बिहान केही बेर सवारीसाधन रोकिएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जिल्लाका सबै सडक सञ्चालनमा रहेको जानकारी दिए।