काठमाडौं । सहकारी ठगी अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले आज दोस्रोपटक म्याद थपको लागि जिल्ला अदालत कास्की लैजाँदैछ।
यही कात्तिक २ गते काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।
यही कात्तिक ४ गते कास्की जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।
लामिछानेसँगको बयान नसकिएकोले आज दोस्रोपटक म्याद माग्ने तयारी भएको कास्की प्रहरी र सरकारी वकील कार्यालयले जनाएको छ।
पक्राउ परेको दिन गएको शुक्रबारबाटै गणना गर्नेगरी न्यायाधीश नवराज दाहालको इजलासले उनलाई हिरातमा राखेर अनुसन्धान गर्न ६ दिनको समय दिएको थियो। अदालतले दिएको म्याद सकिएकाले आज फेरि म्याद थप गर्न लागिएको प्रहरीले जनाएको छ।