काठमाडौं । सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत कास्कीले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातै जनासँग धरौटी माग गर्ने आदेश दिएको हो।
अदालतले माग गरेको धरौटी बुझाएमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी बाहेक रिहा हुनेछन्। उनीहरुलाई भने अन्य चार जिल्लामा पनि सहकारी ठगीकै मुद्दा रहेकाले तत्तकाल रिहा गरिनेछैन।
रवि लामिछानेसँग अदालतले ६५ लाख धरौटी माग गरेको छ। उनलाई भन्दा बढी पूर्व डीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ।
लिला पछाईलाई ३७ लाख, पूर्व प्रहरी रामबहादुर खनाललाई १५ लाख, पूर्वसांसद मीना गुरुङलाई ५ लाख, मीनाका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गरिएको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा पुस ८ गतेदेखि थुनछेकको प्रक्रिया अगाडी बढेको हो। छविलाई प्रहरीले असोज ६ गते पक्राउ गरेको थियो। लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। उनीहरु दुवै जनालाई काठमाडौँबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो।