काठमाडौं । सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत, कास्कीले आदेश दिएको छ। न्यायाधीश नितिज राईको इजलासले बिहीबार रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सातै जनासँग धरौटी माग गर्ने आदेश दिएको हो।
आदेशमा रविका हकमा भनिएकाे छ-
प्रतिवादी रवि लामिछानेको हकमा विचार गर्दा, निज प्रतिवादीलाई माथि प्रकरणमा उल्लिखि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा अभियोग लागेको देखिएकोमा यस इजलास समक्ष बयान गर्दा गोर्खा मिडिया प्रा।लि। मा प्रबन्ध निर्देशक भएपनि सो संस्थामा कहाँबाट कसरी रकमआएको थियो भन्ने विषयमा फरार प्रतिवादी तथा उक्त कम्पनीका अर्का संस्थापक शेयरधनी गितेन्द्रबाबु राईलाई नै थाहा भएको ।
उक्त कम्पनीसँग गरेको सम्झौता अनुसार वित्तीय कारोवारको बारे जानकार लिने दायित्व नरहेको, चेकमा हस्ताक्षर गर्ने मात्र गरेको ।
सूर्यदर्शन सहकारीबाट कुनै कर्जा नलिएको भन्ने बयान गरेको देखिएकोमा निज प्रतिवादीको एकल हस्ताक्षरबाट गोर्खा मिडिया कम्पनीको ८१४ वट चेकहरुको कारोबार भएको देखिएको ।
निज प्रतिवादी गोर्खा मिडिया कम्पनीको आधिकारीक व्यक्ति हुनुभन्दा अघि र सो कम्पनीबाट अलग भएपश्चात पनि केही चेकहरुमा हस्ताक्षर गरेको देखिएको ।
प्रबन्ध निर्देशक जस्तो जिम्मेवार पदमा रही चेकमा हस्ताक्षर गर्ने हैसियत समेत राखेको व्यक्ति रहेको देखिएको।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको नाममा सञ्चालनमा रहेको साबिक मेगा बैंकको खाता नं ०१२०००१००१५१३२ मा भएको कारोबार विवरण अनुसार सन् २०२१-०१-१८ मा चेक नं २०२४८९५३१७ बाट गितेन्द्र बाबु राईको स्टयार्ण्ड स्टान्डर्ड चार्टर्ड बैंक नेपाल खाता नम्बर- १८२९०३१७२०१ मा रू २,००,००,०००।( दुई करोड) जम्मा भएकोमा सोही रकम मध्ये ग्लोबल आईएमई बैंकमा २०२१-०१-२१ मा चेक नं ००११९२८१६८ बाट रवि लामिछानेको नाममा आईएमईको खाता नम्बर ३०-७०१०००५१-१३ मा रू ७५,००,०००।(पचहत्तर लाख) को चेकमार्फत जम्मा भई प्रतिवादी रवि लामिछानेले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सञ्चालनमा रहेको ग्लोबल आईएमई बैंकको खाता नं ००४०१०१००००५७७ मा सन् २०२१-०१-२२ जम्मा गरेको देखिदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्य समेत भएको देखिएको ।
अन्य प्रतिवादीहरुसँग देखिएको अन्तरसम्बन्ध र बैङ्क खाताको ट्रान्जेक्सन समेतका मिसिल संलग्न तत्काल प्राप्त आधार प्रमाणहरुबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन भन्न सकिने मनासिब आधार नदेखिएपनि तत्काल प्राप्त माथि उल्लेखित प्रमाणहरुवाट प्रतिवादीलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने हुँदा
निज प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतको आधारमा धरौटी रु ६५,००,०००।( ९पैसठ्ठी लाख रुपैंया नगदै वा सो बराबरको जेथा वा बैंक जमानत दिए लिई तारेखमा राख्नु र नदिए वा दिन नसकेमा दफा ८० बमोजिमको थुनुवा पुर्जि दिई थुनामा राख्न कारागार कार्यालय
कास्कीमा पठाइदिनु ।