काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका लागि निमन्त्रणा गरेका छन्। राप्रपाले हरेक वर्षझैँ यसपटक पनि पुस २७ गते पृथ्वी जयन्तीलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको छ।
सो अवसरमा राप्रपाले काठमाडौँको भृकुटीमण्डपमा गर्ने चियापान कार्यक्रममा सहभागिताका लागि अध्यक्ष लिङ्देनले बिहीबार साँझ भेटेरै प्रधानमन्त्री ओलीलाई निम्ता गरेका हुन्। ‘निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो समयपछि हिजो (बिहीबार) साँझ भेटघाट भयो’, लिङ्देनले भनेका छन्, ‘भेटका क्रममा विविध पक्षमा लामै कुराकानी भयो।’