काठमाडौं । ललिपुर महालक्ष्मीमा सडक भासिएको छ। महालक्ष्मी नगरपालिका-३ को बोझे पोखरीबाट इमाडोलतर्फ आउने भित्री सडक गएराति भासिएको हो।
भासिएपछि त्यो सडकमा यातायात सञ्चालन गर्न रोक लगाइएको छ। बर्षादको कारण सडक भासिएको प्रहरीले जनाएको छ। यही साउन २५ गते काठमाडौँ महानगरपालिका कार्यालय नजिकको सडक पनि भासिएको थियो।