काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउँदै आएकी गौशाला २६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएकी छन् ।
उनले उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेकी हुन् ।
गौशालाले बुधबार महान्यायाधिवक्तालाई भेटेर निवेदन दिएकी थिइन् भने आज उच्च सरकारी वकिल कार्यालय पुगेर निवेदन दर्ता गरेकी हुन् । सरकारी वकिलमा दर्ता नम्बर ३३२ रहेको छ ।
उनले मुद्धाका कारण मानसिक र सामाजिक रुपमा पीडा भोग्नुपरेको बताउदै अब यी सबै कुरा छोडेर अगाडी बढ्ने निर्णय गरेको बताएकी छन् ।