काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध कायम राखेका छन्। प्रतिपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले शुक्रबारको दैनिक कार्यसूचीमा रहेका सम्पूर्ण व्यहोरा हटाएर बैठक स्थगित गराएका छन्।
सभामुख घिमिरेका अनुसार, अर्को बैठक आगामी जेठ १३ गते बिहान ११ बजे बस्नेछ। सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बैठक अवरोध गर्दै आएको छ। आजको बैठकको सुरुमै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए।