काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलको बैठक बोलाएका छन्। बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
आजको बैठकमा पछिल्लो राजनीतिक र आर्थिक अवस्थाका बारेमा छलफल हुने जनाइएको छ। सरकारले सय दिन पार गरेलगत्तै विपक्षी दलहरुले सरकारविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन्।
विपक्षी दलको मोर्चाबन्दीलाई कसरी कमजोर पार्ने र सरकारविरुद्ध सडकमा देखिन थालेको आक्रोशलाई कसरी मत्थर पार्ने भन्ने विषयमा बैठकमा छलफल गर्ने सत्तारुढको तयारी छ।
आजको बैठकमा सत्तारुढ दलले आगामी कामबारे दृष्टिकोण सार्वजनिक गर्ने तयारी गरेको छ। एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेको पक्राउलाई राजनीतिक प्रतिशोध नभई सहकारी छानविनको प्रतिवेदन कार्यान्वयनका रुपमा बुझ्नुपर्ने स्पष्ट परेको छन्।
न्यायाीक निरुपणमा गइसकेको मुद्दा प्रभावित पार्नेगरी सडक आन्दोलन नगर्न पोखरेलले रास्वपा नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
यता प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सरकारका काम चित्त बुझ्दो नभएको भन्दै भोलि काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ। यसका बारेमा पनि सत्ता साझेदार दलमा छलफल हुने बुझिएको छ।
सत्ताका दुई ठूला दल नेपाली कांग्रेस र एमालेले भने माओवादीको छपटपटी सत्ताच्यूत हुनुपरेको पीडा ओकल्न सडकमा आउन लागेको निष्कर्ष निकालेका छन्।