काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.१४ अंकले घटेर २६३५.०९ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउदा हुँदा १२ उपसूचक राताम्मै भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयरमा सकरात्मक सर्किट लाएको छ । यस दिन सबैभन्दा बढी सुपरमादी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४४ करोड ८८ लाख ६ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिनर्जी पावर डेभलपमेन्टको २८ करोड ३२ लाख १४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यसदिन सिन्धु विकास बैंकको २५ करोड २४ लाख ६ हजार रुपैंया, हिमालयन पावर पार्टनरको १९ करोड ८८ लाख ९५ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १७ करोड ५५ लाख ३१ हजार रुपैयाँको कारोबार भएको हो ।