काठमाडौं । श्रीलंकाले महिला एसिया कप टी-२० क्रिकेटको उपाधि जितेको छ । श्रीलंकाले फाइनल खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० महिला एसिया कपको उपाधि जितेको हो ।
भारतले दिएको १६६ रनको लक्ष्य पछाएको श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । श्रीलंकाका लागि हर्शिथा समाराविक्रमाले सर्वाधिक ६९ रन बनाएकी थिइन् भने कप्तान चामारी अट्टापट्टूले ६१ रन बनाएकी थिइन् । त्यस्तै कभिशा दिलहरिले अविजित ३० रन बनाएकी थिइन् । यसअघि पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।