एजेन्सी । साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनासँग अंक बराबरी गरेको छ। रियलले शनिवार भिल्लारियललाई २-० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउँन फेडेरिको भल्भर्डो र भिनिसियस जुनियरले गोल गरेका थिए। खेलको १४औं मिनेटमा भल्भर्डोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ७३औं मिनेटमा भिनिसियस जुनियरले अर्को गोल गर्दै रियलको जित पक्का गरेका थिए।
जितसँगै रियलले ९ खेलमा ६ जित र ३ बराबरी सहित २१ अंक बनाएको छ । दोेस्रो स्थानमा रहेको रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ।