काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपिएल) का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ ।
सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि अनुबन्ध गरेको मक्मलेन पहिलो विदेशी खेलाडी हुन् । उहाँको आगमनले एनपिएलमा टोलीको प्रर्दशन उत्कृष्ट रहनेमा हामी आशावादी छौं ।
दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टि ट्वान्टी आईमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाउनु भएको छ । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टि ट्वान्टी आईमा डेब्यु गरेका थिए । उनी स्कटल्याण्डको ओडिआई टोलीको पनि सदस्य हुन् । २२ ओडिआईमा उनले २ शतक र २ अर्धशतकसहित ७ सय २१ रन बताएका छन् ।
सुदूरपश्चिम रोयल्सले यसअघि अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरिसकेको छ।
दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहनुभएको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । सुदूरपश्चिम रोयल्समा ओलम्पियन दीपक विष्ट ब्रान्ड एम्बेसडर र केपी खनाललाई सोसियल एक्टिभिस्ट एम्बेसडर हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ।