हाँसो र खुसी
जब तिमि दुखी हुन्छौ, जिन्दगी तिमी उपर हाँस्दछ । जब तिमी खुसी हुन्छौ तब जिन्दगी तिमी उपर मुस्कुराउदछ । र जब तिमीले अरुलाई खुसी बनाउन सहयोग गर्दछौ तब जिन्दगीले तिमीलाई स्यालुट गर्दछ।
जब तिमी मुस्कुराउँदछौ, तब तिमीलाई महसुस हुनेछ कि जिन्दगीको औचित्य अझै बाँकि छ। त्यसैले सम्झनु कि विना हाँसोमा विताएको दिन खेर गएको दिन हो।
वर्तमानमा बाँच्न सिकः
हामी प्रायः अतीत र भविष्यमा बाँचिरहेका हुन्छौं। कहिले विगतको पछुतोमा बस्छौं भने कहिले भवष्यको चिन्तामा डुबिरहेका हुन्छौं। यसै बीचमा, हामी त्यस्तो एकमात्र क्षणलाई बेवास्ता गर्छौं जुन पूर्ण रूपमा हाम्रो लागि उपलब्ध छ: वर्तमान।
त्यसैले विगतलाई फर्केर नहेर्नु; कसैलाई थाहा छैन संसारको सुरुवात कसरी भयो। भविष्यसँग नडराउनु पनि; कोही पनि अनन्तसम्म बाच्ने होइन। यदि तिमी विगत र भविष्यमा नै हराउँदछौ भने तिमीले वर्तमानको क्षणलाई पुरै गुमाउनेछौ।
दुःखको स्रोत मनः
हाम्रो मन नै दुःखको स्रोत हो। प्रायः हाम्रो मस्तिष्कमा नकारात्मक सम्झनाहरू रहन्छन् र यिनैले हामीलाई वर्तमानमा जीउनबाट रोक्छन्। हाम्रो मस्तिष्कले सम्झनाहरू संकलन गर्छ र यी सम्झनाहरूले नै हामीलाई दुःख दिन्छन्। सम्झनामा ध्यान केन्द्रित गर्दा न केवल अतीतको बारेमा चिन्ता हुन्छ, बल्कि भविष्यको बारेमा पनि अझ बढी चिन्ता उत्पन्न हुन्छ। यदि हामी हाम्रो अहंकारलाई हावी हुन दिन्छौं भने, हामीलाई अझ बढी दुःख हुनेछ।
जे हुन्छ राम्रैको निम्ति हुन्छः
मानिसहरु बदलिन्छन्। कहिलेकाहीं समय हामीले सोचेजस्तो हुँदैन। यसकारण जब राम्रो समय आउँछ त्यो समयलाई प्रशंसा गर्न सकौं । कहिलेकाहीं झुठले चोट दिन्छ जसको कारण हामीले आफूबाहेक अरुको विश्वास गर्न हुँदैन भन्ने कुरा सिक्नछौं। कहिलेकाही राम्रा चिज हामीबाट खोसिएर जान्छन् ताकी अझै उत्तम चिज हामीले प्राप्त गर्न सकौं।
सबै मित्र हुँदैनन्
दुष्ट हो भन्ने जानिसकेपछि त्यस्ताको कहिल्यै संगत नगर्नु। मित्र बनेर आउनेहरु विषको प्याला बोकेर पनि नजिकै आएका हुन्छन्। जसरी सर्पको दाँतमा, माहुरीको शिरमा र बिच्छिको पुच्छरमा विष हुन्छ त्यसैगरी दुर्जन व्यक्तिको शरीरभरी विषैविष भरिएको हुन्छ।
अवसरवादीसँग परै बस्नु
अवसरवादी र धोखेबाज मान्छे प्रायः अरूको दुर्बलता र कमजोरीको फाइदा उठाउँछन्। यिनीहरू परिस्थितिलाई आफ्नो पक्षमा मोड्नका लागि अवसरको खोजी गर्छन्। यी व्यक्तिहरू केवल आफ्नो फाइदाको बारेमा सोच्छन् र अरूको भावनाको कदर नगरी आफ्ना स्वार्थ पूरा गर्नका लागि काम गर्छन्।यस्ता व्यक्तिहरू अरूको विश्वासलाई आफ्नो फाइदाको लागि मात्र प्रयोग गर्छन्। अरूसँगको नाता केवल आफ्नो स्वार्थको लागि बनाउँछन्। तिनीहरुसंग बच्नु पर्छ।
खुशी हुनुमा पनि दुःखः
सधैं खुसी हुनु पनि दुस्मनको दु:खको कारण बन्ने गर्छ। त्यसैले सधैंभरि खुसी हुनु अरुको लागि सजाय दिनु बराबर हुनसक्छ। संसारमा सच्चा हितैषी एकदमैं कम हुन्छन्। हुन सक्छ जुन मानिससँग खुशी अभिब्यक्त गरिन्छ उसैले पिठ्युपछि यसको मजाक उडाउन सक्छ। जसका कारण यसले झन दुःखी बनाउँछ।
ज्ञानी र अपमान
ज्ञानी त्यही हो जो मान तथा अपमानलाई सदैव समान रूपमा लिन्छ। तर, यस्तै गर्न सक्नु एकदमै कठिन मानिन्छ। जीवनमा मिलेको अपमानलाई कहिल्यै पनि अरुको सामुन्ने चर्चाको विषय बनाउनु हुँदैन । त्यो ठाउँमा एक पल पनि बस्नु उपयुक्त हुँदैन जहाँ आफ्नो इज्जत हुँदैन। अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग पनि बताउनुहुँदैन।